हुलाक निर्देशनालयको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न
पाेखरा | भदौ १७, २०८१
पोखरा: हुलाक निर्देशनालय पोखराको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ। निर्देशनालय पोखरा मातहतका १६ जिल्ला हुलाक कार्यालय र इलाका कार्यालयका कार्यालय प्रमुख तथा कर्मचारीको सहभागीतामा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा आफ्नो मातहतका कार्यालयहरूको प्रगति, समिक्षा तथा हुलाक कार्यदिशा विषयक समीक्षा गोष्ठी कार्यक्रम सम्पन्न गरेको हो। आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रगति समीक्षा र हुलाक विषयक गोष्ठी कार्यक्रम गरेको निर्देशनालयका निर्देशक कीर्तनराज पौडेलले जानकारी दिए।
कार्यक्रममा निर्देशनालय मातहतका १५ जिल्ला र एक निर्देशनालयको प्रगति विवरण प्रस्तुत गरिएको उनले जानकारी दिए। यस्तै हुलाक सेवाको विषयमा समेत छलफल भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे थिए भने विशिष्ट अथिति हुलाक सेवा विभागका निर्देशक ध्रुवराज आचार्य थिए । कार्यक्रममा वार्षिक प्रगति समिक्षाका साथै सामूहिक प्रश्नोत्तर पनि गरिएको हुलाक निर्देशक पौडेलले जानकारी दिए ।
कार्यक्रममा सहभागीले हुलाक सेवालाई प्रभावकारी बनाउन सरकारले चासो नदेखाएको आरोप लगाएका थिए। यस्तै तत्कालीन समयमा हुलाकले सूचना र खबर आदनप्रदानमा पुर्याएको योगदानको पनि कार्यक्रममा चर्चा गरिएको थियो।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

